लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा बस्ने प्रदेशसभा बैठक अन्याैलमा



लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा बस्ने प्रदेशसभा बैठक अन्याैलमा

भालुवाङ ८ मंसिर । लुुम्बिनी प्रदे शको  स्थायी राजधानी देउखुरीमा प्रदेशसभा बैठक राख्ने तयारी गरिए पनि कहिले र कसरी बैठक राख्ने भन्नेमा ठोस निर्णय हुन सकेको छैन ।

हिउँदे अधिवेशन माघ महिनामा राख्न प्रदेश सरकारले निर्णय गर्ने छ । सोही अनुसार सरकारले बैठक राख्न गर्ने निर्णयको आधारमा ठाउँको टुंगो लाग्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

‘सरकारको मौखिक आग्रहमा हामीले राप्ती प्राविधिक शिक्षालयको अनुगमन गरेका हौँ । प्राविधिक साथीहरुले हल अली साँघुरो हुने जानकारी दिएका छन्’ उनले भने, ‘माघ महिनामा बैठक आह्वान हुन्छ । सरकारले तयारी पूरा गर्‍यो भने प्रदेशसभालाई औपचारीक जानकारी आउला, हामी सर्ने टुंगो त्यसपछि मात्रै हुन्छ ।’

राप्ती प्राविधिक शिक्षालयमा प्रदेशसभा बैठक राख्ने तयारी गरिएको थियो । तत्काल बैठक राख्न सभाहल पर्याप्त नहुने र नयाँ सभाहल बनाउनुपर्ने संसद सचिवालय टोलीले स्थलगत अनुगमनपछि सुझाव दिएको थियो । त्यसअघि प्रदेश सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी लगायतको टोलीले प्रदेशसभा बैठक राख्न सकिने या नसिकने बारेमा स्थलगत अवालेकनसहित छलफल गरेको थियो ।

‘संरचना पर्याप्त भयो भने हामीले बैठक यहीं राख्न सक्छौँ । संरचना पर्याप्त भएन भने अस्थायी मुकाममै बैठक चल्छ’ अनुगमनको क्रममा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले भनेका थिए, ‘स्थायी संरचना बनाएर प्रदेशका सबै संरचना ल्याउने भन्ने कुरा सरकारको योजना हो । संरचना हुँदाहुँदा हुँदै अस्थायी मै बसिराख्न पनि उचित नहुने भएकाले संरचना छ कि छैन भनेर बुझ्न आएका हौँ ।’

अशोज २० मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको हो । सो निर्णय कार्यान्वयनमा लैजान नागरिक स्तरबाट आवाज उठेपछि सरकारले स्थायी राजधानीको अनुभुमित दिलाउन प्रदेशसभा बैठक राख्ने तयारी थालेको हो ।

राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गरेर प्रदेशसभा हल र आवश्यक पर्ने मन्त्रालयहरु राख्न सकिने पूर्वाधार रहेको निष्कर्ष थियो । २०५० सालमा निर्माण भएको संरचना भएकाले पनि साना कोठा भएका घरहरु छन् । ती संरचना मर्मत गरेर सुधार गर्न सकिने अवस्थामा भने छन् ।

जिल्लाका ८७ जना प्रदे शसभा सदस् यहरुको  सहभागिता र हन्छ । तर  शिक्षालयको  सभाहल ८७ जनाका लागि साँघुरो  हुने  र प्रदेशसभा सञ्चालनको लागि हल बनाउन सकिने सुझाव आफूहरुको रहेको प्रदे शसभा सदस् य इन्द्रजीत थारुले जानकारी दिए । ‘अधिवे शन चल्छ, चलाउनुपर्छ’ उनले भने, ‘संर चनाको  अभाव हुुन्छ कि भन्ने  छ ।’

यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रदेशसभा बैठक सञ्चालन गर्न सभाहलको अभाव हुन नदिने र पूर्वाधार खडा गर्ने प्रतिवद्धता जनाए ।

‘प्रदेशसभा बैठक सञ्चालन गर्न सभाहल साँघुरो भन्ने कुरा सुन्नमा आयो । हामीले सभाहल बनाएर दिन सक्छौँ । यसबारेमा प्रदेश सरकारले हामीलाई भन्नुप¥यो’ उनले भने, ‘गाउँपालिका, उद्योग वाणिज्य संघ हामी सबै जिम्मेवारी लिन तयार छौँ ।’

देशसञ्चार अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे