LISTEN LIVE RADIO

गढवामा नेकपा परित्याग गरि ६१ जना कार्यकर्ता काग्रेसमा प्रवेश



गढवामा नेकपा परित्याग गरि ६१ जना कार्यकर्ता काग्रेसमा प्रवेश

दाङ २९ कार्तिक । गढवा गाउँपालिकामा नेकपा परित्याग गरी ६१ जना कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन् । नेकपाले आमजनता माझ धेरै आस देखाएको तर झुटको खेती गरिरहेको र हाल केन्द्रमा देखिएको कुर्सीमोहले आम जनता झनै स्पष्ट भएको भन्दै काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।

“हामी गलत बाटोमा रैछौ अब सहि बाटोमा आयौ” आमजनताको पार्टी भनेको काङ्ग्रेस नै हो नब प्रबेसी भेखबहादुर गोतामेले भने । गढवा गाउँपालिका वडा नम्बर ७ का वडा सह सभापति अमरबहादुर ओलीको अध्यक्षता र नेपाली कांग्रेस दाङ जिल्ला उपसभापति हिरालाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी नेताहरु क्षेत्रीय सभापति भेषराज पान्डे, महासमिति सदस्यहरु जानकीलाल बस्नेत, अनुराग यादव, कर्णबहादुर बुढाथोकी, प्रदिपराज शर्मा, पूर्व महासमिति सदस्यहरु मधु न्यौपाने, अनुप थापा, गाउँपालिका सभापति बालचन्द्र हमाल, सह-सभापति श्रीपत चौधरीकाे उपस्थिति रहेकाे थियाे ।

त्यसै गरि क्षेत्रिय सल्लाहकार उमाकान्त पन्त, क्षेत्रीय प्रतिनिधि दिनेश गिरी, बिष्णु कुंवर, रेखा थापा, महिला संघकी क्षेत्रीय सभापति खिमा रिजाल, दलित संघका क्षेत्रीय सभापति प्रबल रसाईली, वडा नम्बर ५ का सभापति गुमानसिंङ गुरुङ, नेपाली काङ्ग्रेसका युबा नेता गोविन्दकुमार ओली, कमला परियार, पूर्व क्षेत्रीय सदस्य उमाकान्त डागीं, तरूणदल नेता शिवकुमार चौधरी, चित्रबहादुर खड्का, दानबहादुर थापा, गोपाल पाण्डे लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस गढवा गाउँपालिका सचिव बोटबहादुर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे