शिक्षक भर्ना सम्बन्धी समाचारमा जनज्योति माविकाको गम्भीर ध्यानाकर्षण



शिक्षक भर्ना सम्बन्धी समाचारमा जनज्योति माविकाको गम्भीर ध्यानाकर्षण

कुनै किसिमको दरबन्दीमा शिक्षक नियुक्ति नगरिएको प्रधानाध्यापक यादवको जिकिर

राजपुर २० कार्तिक । देउखुरीको राजपुर गाउँपालिका २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको गत कार्तिक १८ गते देउखुरी टुडे डटकममा प्रकाशित समाचार प्रति विद्यालय प्रशासनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । देउखुरी टुडे डटकममा जनज्योति माविमा प्रधानाध्यापकको मनोमानी, सरकारी स्कुलमा नियम मिचेर विज्ञापननै नगरी शिक्षक भर्ना शिर्षकको समाचार प्रति विद्यालयका प्रधानाध्यापक केशवराम यादवले विहिवार एक प्रेस विज्ञप्ती जारी गरी आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रधानाध्यापक यादवले बिद्यालय ब्यबस्थापन समिती गठन गर्न चासो नदिएको र आफु खुसी मनोमानी ढंगले ४ जना शिक्षकहरु नियुक्ती गरिएको विषयमा जुन प्रकारले समाचार प्रकाशन गरिएको छ, त्यसमा कुनै सत्यता नभई विद्यालयको वास्तविकता नै नबुझी म प्रधानाध्यापक प्रति पुर्वग्राही ढंगले समाचार प्रकाशन गरिनु अत्यन्तै आपक्तिजनक रहेको भन्दै खेद व्यक्त गरेका छन् ।

प्रधानाध्यापक यादवले जारी गरेको विज्ञप्तीमा अगाडी भनिएको छ, गत वर्ष देखि विद्यालयमा ११ कक्षा सञ्चालन भएकोमा यस वर्ष देखि कक्षा सञ्चालन गर्दा थप शिक्षकको आवश्यकता परेको तर विव्यस गठन नभएकोले शिक्षा नियमावलीको आधारमा शिक्षकको विज्ञापन खोल्न र नियुक्ती गर्न नमिल्ने भएको हुँदा नेपार सरकारले जारी गरेको सिकाई सहजीकरण निर्देशिका २०७७ लाई आधार मानी वडा नम्बर २ का वडाध्यक्ष र शिक्षक प्रतिनिधि सँग समन्वय गरी स्वमसेवक शिक्षक राखिएको यसै प्रेस विज्ञप्ती मार्फत सवैमा स्पष्ट पार्न चाहान्छौ विज्ञप्तीमा भनिएको छ ।

ती सवै स्वमसेवक शिक्षक त्यसै विद्यालयबाट पास गरेका र स्थानीय व्यक्तिहरु रहेको तथा ती स्वमसेवक शिक्षकहरुलाई विद्यालय प्रशासनले कुनै किसिमको दरबन्दीमा नियुक्ति नगरेको समेत प्रधानाध्यापक यादवले जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ, यस विद्यालयको विव्यस को म्याद सकिनु अगाडी लेखक परिक्षक खटाउन गाउँपालिकाबाट ढिला भएका कारण २०७६ पौष २३ गते विव्यस को म्याद समाप्त भए पछि माघ मसान्तमा लेखा परिक्षण सम्पन्न गराई २०७६ फागुन २५ गते अभिभावक भेलाका लागि पत्रचार गरेकोमा २०७६ फागुन २३ गते मेरो पुज्जनिय पिताको स्वर्गबास भएपछि उक्त अभिभावक भेला रोकिएको हो । त्यसपछि २०७६ चैत ९ गते पुन अभिभावक भेला अह्वान् गरिएकोमा कोभिड १९ का कारण लकडाउन भएको अवस्थामा एसईई परिक्षा समेत स्थगन भएको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा शाखा प्रमुखको अनुरोधमा उक्त अभिभावक भेला अनिश्चित कालका लागि स्थगित गर्न बाध्य भयौं, त्यसपछि पनि कयौं पटक विव्यस गठन गर्न पहल गयौं तर गठन गर्न सकेका छैनौं, प्रधानाध्यापक यादवले जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

त्यसपछि २०७७ असोजबाट पढाई सुरु भयो । तर शिक्षक अभावले पठनपाठनमा समस्या भएपछि अस्थायी विव्यस गठनका लागि राजपुर गाउँपालिकामा पहल गरिएकोमा २०७७ असोज २६ गते गाउँ शिक्षा समितिको बैठकले अस्थायी वि.व्य.स गठन गर्ने निर्णय भए अनुसार कार्तिक ३० गते पत्र प्राप्त भएको र कार्तिक ३ गते पुन गाउँपालिकाबाट निर्णय कार्यान्वयन नगर्नु व्यहोराको पत्र प्राप्त भएपछि अस्थायी वि.व्य.स पनि गठन गर्न नसकिएको प्रधानाध्यापक यादवले विज्ञप्ती मार्फत स्पष्ट पार्न खोजेका छन् ।

साथै प्रधानाध्यापक यादवले विद्यालयको विकासका लागि रचनात्मक सुझावका लागि म सधै प्रतिवद्ध रहेको व्यहोरा समेत यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छु, जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे