LISTEN LIVE RADIO

जनता विद्यापीठमा प्रगतिशिल प्राध्यापक संगठनको नयाँ नेतृत्व



जनता विद्यापीठमा प्रगतिशिल प्राध्यापक संगठनको नयाँ नेतृत्व

दाङ ४ असार । नेपाल प्रगतिशिल प्राध्यापक संगठन जनता विद्यापीठ बिजौरीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न साधारणसभाले उपप्राध्यापक सुधिरकुमार शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा विनोद आचार्य, सचिव शिवप्रसाद न्यौपाने, कोषाध्यक्ष महेन्द्र भण्डारी तथा सदस्यहरु राधा घिमिरे, प्रधुम्न पोख्रेल र भवानीप्रसाद मिश्र चयन भएका छन् । संगठनका उपाध्यक्ष बामदेव पोख्रेलको अध्यक्षता र नेपाल संस्कृत विश्वविद्यालयका कूलसचिव माधव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय सदस्य श्याम आचार्य र उपप्राध्यापक उत्तम घिमिरेले नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उपप्राध्यापक मिलन शर्मा पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव प्रधुम्न पोख्रेलले गरेका थिए । कार्यक्रममा सचिव पोख्रेल र कोषाध्यक्ष श्यामा खनालले प्रस्तुत गरेका सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । नवनिर्वाचित अध्यक्ष शर्माले संगठनलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे