LISTEN LIVE RADIO

भालुवाङ प्रहरीले हराएकी बालिका फेला पारी आफन्तको जिम्मा लगायो



भालुवाङ प्रहरीले हराएकी बालिका फेला पारी आफन्तको जिम्मा लगायो

भालुवाङ ५ असार । इलाका प्रहरी कार्यालय भालुवाङले हराएकी एक बालिकालाई फेला पारी आफन्तको जिम्मा लगाएको छ ।

गत जेठ २७ गते मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ५ बस्ने बर्ष १७ कि राममाया प्रजा घरबाट हराएकी थिइन् ।

निजको दिदी कृष्णमाया पुतुवारले काठमाडौं शान्ति फाउन्डेसन संस्थामा खोजतलासको लागि निवेदन दिएको र सोही संस्थाले यस इलाका प्रहरी कार्यालयमा मौखिक जानकारी गराए पश्चात खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती बालिकालाई शनिबार दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङमा फेला पारेको थियो ।

उद्वार गरि ल्याइएकी बालिकालाईआज आइतबार आफन्तलाई सकुशल जिम्मा लगाएको प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे