LISTEN LIVE RADIO

आशाका किरण संस्थाको कार्यसमिति हेरफेर, अध्यक्षमा अशोक बेल्वासे चयन



आशाका किरण संस्थाको कार्यसमिति हेरफेर, अध्यक्षमा अशोक बेल्वासे चयन

भालुवाङ ४ असार । युवाको क्षेत्रमा काम गर्दै आएको आशाका किरणहरू नामक संस्थाको कार्यसमिति हेरफेर गरिएको छ ।

संस्थाको शनिबार भालुवाङमा बसेको बैठकले संस्थालाई व्यवस्थित र प्रभावकारी तरिकाले चलायमान बनाउन कार्यसमिति हेरफेर गरिएको हो ।

हेरफेर गरिएको कार्यसमितिको अध्यक्षमा अशोक बेल्बासे, वरिष्ठ उपाध्यक्षमा दिवस आचार्य, उपाध्यक्षमा माधव खनाल, महासचिवमा लोकमणी भुसाल, सचिवमा थमन राना, कोषाध्यक्षमा श्रीधर जिसी र सह कोषाध्यक्षमा ऋषि खनाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा दिपेश आचार्य, अस्मिता अधिकारी चयन भएका छन् । त्यस्तै संस्थाको प्रेस संयोजकमा ओमप्रकाश गुप्तालाई राख्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे