नेपाल निजामती कर्मचारी युनियन राप्तीको कार्यालय स्थापना



नेपाल निजामती कर्मचारी युनियन राप्तीको कार्यालय स्थापना

भालुवाङ १७ माघ । नेपाल निजामति कर्मचारी युनियन राप्तीको कार्यालय स्थापना गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको नेपाली कांग्रेस पार्टीको कार्यालय रहेको ठाउँमा विधिबध रुपमा कार्यालय स्थापना गरिएको हो ।

कर्मचारी युनियन राप्तीका अध्यक्ष मंगलप्रसाद चौधरी उपाध्यक्ष शेरबहादुर हमाल, सरिता चौधरी, सचिव बासुदेव खनाल, सदस्य चौधरी, शिवराज चौधरी लगायतको सहभागिता रहको थियो ।

कार्यालय स्थापना कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरी, महाधिबेसन प्रतिनिधि विलोचन चौधरी, प्रदेश सभा क्षेत्र नम्बर १ क का उपसभापति जगदम्वाकुमारी चौधरी, प्रजातान्त्रिक प्राध्यापक संघ क्षेत्र नम्बर १ का सभापति खोपेन्द्र ज्ञवाली, वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री पालिका सचिव तिर्थराज ज्ञवाली, पालिका सदस्य बसन्त अधिकारी, शिक्षक खगेन्द्र चौधरी लगायतको सहभागितामा युनियन राप्तीको बोर्ड राख्ने तथा कार्यालय सन्चालन गरिएको थियो ।
आजका दिन देखी नेपाल निजामति कर्मचारी युनियन राप्तीको सोही कार्यालयबाट काम काज सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे