कांग्रेसद्वारा देउखुरीको सिसहनियाँमा कोरोनाबाट बच्न सचेतना तथा मास्क वितरण



कांग्रेसद्वारा देउखुरीको सिसहनियाँमा कोरोनाबाट बच्न सचेतना तथा मास्क वितरण

सिसहनियाँ १७ माघ । नेपाली कांग्रेस दाङ जिल्ला कमिटिको आयोजनामा सुरु गरिएको कोभिड–१९ विरुद्धको अभियान अन्तरगत सचेतना तथा मास्क वितरण कार्यक्रम सोमवार राप्ती गाउँपालिकाको सिसहनियाँमा सम्पन्न भएको छ ।

सचेतनाका लागि मास्क नलगाएका नागरिकहरुलाई मास्क लगाउन प्रेरित गर्दै मास्क प्रदान गरिएको थियो साथै सन्देशमुलक प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो ।

कोभिड–१९ विरुद्धको अभियान अन्तरगत सचेतना तथा मास्क वितरण कार्यमा जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रिय कार्यसमितिका पदाधिकारी, प्रदेश सभा क्षेत्र कार्यसमितिका पदाधिकारी, राप्ती पालिकाका पदाधिकारी एवं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे