LISTEN LIVE RADIO

राष्ट्रिय जनमाेर्चाकाे वडा भेला सम्पन्न, पाेख्रेलकाे अध्यक्षतामा वडा समिति गठन



राष्ट्रिय जनमाेर्चाकाे वडा भेला सम्पन्न, पाेख्रेलकाे अध्यक्षतामा वडा समिति गठन

महेश रिजाल, भालुवाङ ५ कार्तिक ।
राष्ट्रिय जनमाेर्चा राप्ती गाउँपालिका एरिया कमिटी अन्तर्गत वडा नम्बर ५ काे वडा भेला हालै लठ्ठहवामा सम्पन्न भएकाे छ ।
वडा कमिटी अध्यक्ष युवराज बिसीकाे अध्यक्षता एवम् अखिल नेपाल किसान महासंघका केन्द्रीय काेषाध्यक्ष प्रेमनारायण आचार्यकाे प्रमुख आतिथ्यमा भएकाे भेलाले छविलाल पाेख्रेलकाे अध्यक्षतामा २ बैकल्पिक सदस्य र २ जना सल्लाहकार गरी १५ सदस्यीय राजमाे ५ नम्बर वडा समिती गठन गरेकाे छ ।
जसकाे उपाध्यक्षमा युवराज विसी, सचिवमा रिखबहादुर बिक, सह-सचिवमा तिलक पाेख्रेल र काेषाध्यक्षमा खिमबहादुर जिसी रहेका छन् । त्यसैगरी वडा समिति सदस्यहरूमा कमल भट्टराई, प्रेमबहादुर विक, गनबहादुर भण्डारी, बिष्णा भट्टराई, माधव पाेख्रेल, बामदेव रेग्मी रहेका छन् । त्यसैगरी बैकल्पिक सदस्यहरूमा रेश्मा केसी र निमा गिरी रहेका छन्, भने सल्लाहकारमा माधव आचार्य र बिष्णु भण्डारी चयन भएका छन् ।
राजमाे दाङ जिल्ला कमिटी सदस्य माधव आचार्यकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन राजमाे दाङ जिल्ला कमिटी उपाध्यक्ष महेश रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे