LISTEN LIVE RADIO

नेपालमा आज एकै दिन ५७४३ जनामा सङ्क्रमण पुष्टि, २६ जनाको मृत्यु



नेपालमा आज एकै दिन ५७४३ जनामा सङ्क्रमण पुष्टि, २६ जनाको मृत्यु

काठमाडौं ५ कार्तिक । नेपालमा वितेको २४ घण्टामा ५ हजार ७४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार एक सय १८ जनाको नमुना परीक्षण गर्दा ५ हजार ७४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा २ हजार ९९६ जना कोरोना मुक्त भएका छन् । यससँगै कोरोना मुक्त हुनेको सङ्ख्या ९९ हजार ६०५ पुगेको छ । अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा २६ जनाको मृत्यु  भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे