LISTEN LIVE RADIO

ऐरावती आदर्श बहुमुखी क्याम्पस बराखुट्टीमा बिदाई कार्यक्रम



ऐरावती आदर्श बहुमुखी क्याम्पस बराखुट्टीमा बिदाई कार्यक्रम

लालमटिया १८ पुस । दाङ देउखुरीको ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ बराखुट्टीमा आइतवार बिदाई कार्यक्रम सम्पन्न भएको छ । बिबिएस र बिएड पहिलो, दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले बिबिएस र बिएड चौथो वर्षका विद्यार्थीहरुलाई फुलमाला र टिका लगाएर विदाई गरेका हुन् ।विद्यार्थी तुल्सीराम भट्टराईको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुमा अनुशासान हुन आवश्यक रहेको बताएका थिए । अनुशासित विद्यार्थीले मात्र विद्यालयको पहिचान हुने सुझाव दिएका थिए ।साथै वक्ताहरुले प्रदेशको नमुना क्याम्पस बनाउन अभिभावक, सञ्चालक समितिm शिक्षक र विद्यार्थीको भुमिका महत्वपुणर् हुने बताएका थिए । विद्यार्थी गिता भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष सुर्यप्रकाश शर्मा, उपाध्यक्ष केशवराज खनाल, क्याम्पस प्रमुख विष्णुप्र्रसाद भुसाल, सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली, व्यवस्थापन संकाय प्रमुख रामकृष्ण पौडेल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष धुव्र बेल्वासे, विद्यार्थी शिशिर केसी लगायतका वक्ताहरुले बिदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी टिकाराम राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे