राजपुरको एक नम्बर वडा कार्यालय भवन निर्माणको बिबाद टुगिंयो



राजपुरको एक नम्बर वडा कार्यालय भवन निर्माणको बिबाद टुगिंयो

टोपेन्द्र खनाल, राजपुर २९ असोज ।

दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्वर १ को वडा कार्यालय भवन निर्माण निर्माण स्थल छनौटको क्रममा कठबेरुवा टोलबासीको आन्तरिक बिबाद टुगिंएको छ ।

लामो समय देखि स्थानको बिषयलाई लिएर बिबाद चर्किदै आएकोमा असोज २८ गते गाउँपालिका प्रमुख लोकराज केसी, उपप्रमुख धनपतिदेबी यादब, सम्बन्धित वडा प्रमुख बिष्णुबहादुर बुढा, देवीस्थान सामुदायिक उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर ठेडीमगर, राजपुर १ का नेकपा पार्टी अध्यक्ष नारायण पुन, नेपाली कांग्रेस राजपुर १ का वडा सभापति रामबकश चौधरी लगायतको संयुक्त बैठकको निर्णय बमोजिम राजपुर १ कठबेरुवा निवासी ओमबहादुर खत्रीकी धर्मपत्नी नौसरा खत्रीको नाममा दर्ता श्रेस्ता कायम भएको साबिक मटेरिया २ (क) कुसैटोलको ऐलानी सहित ३ कट्ठा जग्गामा भवन निर्माण कार्य अघि बढाउने गरि बिबाद टुंगोमामा पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे