LISTEN LIVE RADIO

एमसीसी संझौतालाई संसदबाट अनुमोदन गर्न नदिने भन्दै गढवामा राजमोद्धारा विरोध प्रदर्शन



एमसीसी संझौतालाई संसदबाट अनुमोदन गर्न नदिने भन्दै गढवामा राजमोद्धारा विरोध प्रदर्शन

देउखुरी २९ भदौ । एमसीसी संझौतालाई संसदबाट अनुमोदन गर्न नदिने भन्दै राष्ट्रिय जनमोर्चा दाङले देउखुरीको गढवामा बिरोध प्रदर्शन गरेको छ । एमसीसी संझौता नेपालको राष्ट्रियता र सार्बभौमिकताको हित विपरित भएको भन्दै राजमोले देशब्यापी बिरोध गरिरहेको जिल्ला अध्यक्ष गणेश आचार्यले बताए ।

कार्यक्रममा बोल्दै राजमो दाङका अध्यक्ष गणेश आचार्यले अमेरिकी मिलेनियम कर्पोरेशन(एमसीसी) नेपालको राष्ट्रियता माथीको गंभिर घातक भएको भन्दै यसलाई कुनैपनि हालतमा संसदबाट अनुमोदन गर्न नहुने बताए । इण्डो प्यासिफिक रणनिती अन्तर्गत अमेरीकी सेनाको शैन्य रणनिती एम्सीसि संगै नेपालमा भित्रिने भएकोले यो संझोता नेपालको स्वाभीमान बिरुद्धको भएको उनले बताए ।

कार्यक्रममा राजमोको भातृ संगठन अखिल नेपाल युवक संघ दाङका जिल्ला अध्यक्ष चित्र एमसी, राजमो गढवाका अध्यक्ष कपिलदेव खनाल र क्षेत्र नं. १ का सचिव टुकमान कँवर लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे