LISTEN LIVE RADIO

गढवामा प्रतियोगितात्मक कार्यक्रम गरी ५७ औँ बाल दिवस मनाइयो



गढवामा प्रतियोगितात्मक कार्यक्रम गरी ५७ औँ बाल दिवस मनाइयो

गढवा २९ भाद्र । गढवा गाउँपालिकाको आर्थिक सहयोग र गढवा गाउँपालिका स्तरीय बाल संजालको आयोजनामा देउखुरीको गढवामा विविध कार्यक्रमका साथ ५७ औं राष्ट्रिय बालदिवस सम्पन्न भएको छ । समृद्ध राष्ट्रको मूल आधार–सुरक्षा र मुस्कान सहितको बाल अधिकार भन्ने मुल नाराका साथ पालिका स्तरीय बाल संजालका अध्यक्ष निजाम खानको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौरीले बाल अधिकारको संरक्षण, संबर्धन र सदुपयोगका लागि गाउँपालिकाको तर्फबाट यथासक्य भूमिका निर्वाह गरिरहेको बताउदै अधिकार खोज्दा कर्तब्यलाई नविर्सन बालबालीकाहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा गाउँपालिकाका सामाजिक बिकास संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले बाल अधिकारको सुनिश्चितता आजको आवश्यकता भएको औंल्याए । कार्यक्रममा जनता माध्यमिक बिद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, संजालका संस्थापक अध्यक्ष जगधिश यादव लगायतले बोलेका थिए ।

सो अवसरमा गत भाद्र २६ गतेदेखि सुरु भएको हाजिरी जवाफ, बक्तृत्वकला, कुर्सीदौड, भलिवल तथा फूटवल खेलमा उत्कृष्ट हुनेहरुलाई शिल्ड, कप र पुरस्कार वितरण गरिएको थियो । पुजा यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन बाल संजालका सचिव अनिल सुनारले गरेका थिए । कार्यक्रमलाई प्रायोजन गर्ने र सहयोगीको भूमिका निर्वाह गर्ने अतिथीहरुलाई कार्यक्रममा मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे