LISTEN LIVE RADIO

एमसीसीको विरोधमा भालुवाङ देखि सिसहनियाँ सम्म मोटरसाइकल ¥याली



एमसीसीको विरोधमा भालुवाङ देखि सिसहनियाँ सम्म मोटरसाइकल ¥याली

भालुवाङ २९ भदौ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोधमा मंगलवार दाङ देउखुरीको राप्ती गाउँपालिकाको भालुवाङ देखि सिसहनियाँ बजार सम्म बिशाल मोटरसाइकल ¥याली निकालिएको छ ।

¥याली पछि भालुवाङमा आयोजित कोण सभालाई सम्बोधन गर्ने वक्ताहरुले एमसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको बताएका थिए । उनीहरुले एमसीसी नेपालमा भित्रिय यसले तालीवान र अवगानिस्तान जस्तो हुने संज्ञा दिएका थिए ।

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने यस सम्झौताको विरुद्धमा उभिन सम्पुर्ण देशभक्त नागरिकहरूलाई उनीहरु आग्रह पनि गरेका छन् । राष्ट्रप्रेमी तथा देशभक्त नागरिक नाम दिएर नो एमसीसी, गो व्याक एमसीसी, राष्ट्रभक्त युवा एक हौँ जस्ता नारा लगाउँदै विरोध जनाएको कार्यक्रमका संयोजक अशोक बेल्वासेले जानकारी दिएका छन् ।

मोटरसाइकल ¥याली पुल्चोक बजारबाट सुरु भई सिसहनियाँ बाट पुन पुल्चोक बजार हुँदै पुरानो भालुवाङ बजार परिक्रम गरी इच्छुक चोकमा आइ कोणसभा  परिणत भएको थियो । सिसहनियाँमा भएकाे काेणसभालाइ ग्लाेबल युथ क्लबकी उपाध्यक्ष तथा सामाजिक अभियान्त प्रबित्रा सुनारले सम्बाेधन गरेकी थिइन् भने भालुवाङ पुल्चाेक बजारकाे इच्छुक चाेकमा भएकाे काेणसभालाइ इन्द्रेणी युवा क्लबका संस्थापक अध्यक्ष तथा साहित्यकार मुकुन्द राेकाले सम्बाेधन गरेका थिए । भालुवाङ र सिसहनियाँमा भएकाे काेणसभाकाे सञ्चालन कार्यक्रम संयोजक तथा सामाजिक अभियान्ता अशोक बेल्वासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे