LISTEN LIVE RADIO

व्यक्ति हत्या मुद्धामा ८ बर्ष कैद तोकिएका दाङका एक व्यक्ति १६ बर्षपछि पक्राउ



व्यक्ति हत्या मुद्धामा ८ बर्ष कैद तोकिएका दाङका एक व्यक्ति १६ बर्षपछि पक्राउ

दाङ ७ भदौ । व्यक्ति हत्या मुद्धामा ८ बर्ष कैद सजाय तोकिएका एक जनालाई दाङ प्रहरीले १६ बर्षपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ४ डम्बर बुढाथोकीलाई हत्या गरेको मुद्धामा अदालतबाट ८ बर्ष कैद सजाय तोकिएका ३७ बर्षिय प्रकाश नेपालीलाई प्रहरीले गोर्खा जिल्लाबाट पक्राउ गरेर ल्याएको छ ।

२०६२ साल सामान्य बादबिबादमा कुटपिट गर्दा बुढाथोकीको मृत्यु भएपछि नेपाली फरार भएका थिए । २०६७ सालमा तत्कालिन पुनराबेदन अदालत तुलसीपुरले नेपालीलाई दोषि ठहर गर्दै ८ बर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे