LISTEN LIVE RADIO

दाङमा बाघको छाला र कस्तुरीको बिना सहित ५ जना पक्राउ



दाङमा बाघको छाला र कस्तुरीको बिना सहित ५ जना पक्राउ

दाङ ७ भदाै । दाङमा बाघको छाला र कस्तुरीको बिना सहित ५ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेबाट दाङ तर्फ आउदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई लमही नगरपालिका ९ अमेलियामा जाँच गर्ने क्रममा २ वटा साना र एउटा ठूलो गरी ३ वटा बाघको छाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाटन नगरपालिका ६ बैटडी बस्ने २० बर्षिय विमल औजी, २८ बर्षिय प्रदिपकुमार विक र २० बर्षिय हेमन्त औजी रहेका छन् । त्यसैगरी, एक थान कस्तुरीको बिना सहित दुई जनालाई पनि प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ ।

घोराही उपमहानगरपालिका १५ शहिद गेट स्थित होटल टूडे प्लाजाको कोठा नम्बर २ मा बसेका घोराही ७ का ३३ बर्षिय मोहन बुढा र प्युठान नगरपालिका १ का २२ बर्षिय मदन केसीलाई एक थान कस्तुरीको बिना सहित पक्राउ गरिएको प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

कस्तुरीको बिना विक्रि हुदै छ भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनिहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ५ जनाका विषयमा थप अनुसन्धान भैरहेको र आबस्यक अनुसन्धान पछि वन डिभिजन कार्यालय दाङमा बरामद समान सहित उनिहरुलाई बुझाईने प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे