LISTEN LIVE RADIO

गढवा गाउँपालिका ५ वडाध्यक्ष भण्डारीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग



गढवा गाउँपालिका ५ वडाध्यक्ष भण्डारीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग

गढवा २१ साउन ।  देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीले मृतकका परिवारलाई आर्थिक सहयोग गरेका छन । वडाध्यक्ष भण्डारीले बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ खजरौटा मुक्त कमैया शिविर निवासी मृतक टेकबहादुर बोटे पुन मगरका परिवारलाई घरमै पुगेर नगद तीन हजार सहयोग गरेक हुन् ।

क्षयरोग बाट ग्रसित बोटे पुन मगरको उपचारको क्रममा आइतवार मृत्यु भएको थियो । बोटेका दुई छोरा र तीन छोरी रहेका छन् । उनिहरूको पढाइ खर्चमा समेत सहयोग गर्ने वडाध्यक्ष भण्डारीले प्रतिवद्वता ब्यक्त गरे ।

यस्तै वडाध्यक्ष भण्डारीको पहलमा सिपि नेपाल संस्थाले मृतकका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।वडाध्यक्ष भण्डारीले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको बेला विभिन्न स्वास्थ्य संघसंस्थालाई स्वास्थ्य सामाग्री प्रदान देखि लिएर अक्सिजन सहित ग्यास सिलिन्डर सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे