LISTEN LIVE RADIO

दाङमा लेनदेन मुद्धाका फरार अभियुक्त पक्राउ



दाङमा लेनदेन मुद्धाका फरार अभियुक्त पक्राउ

तुलसीपुर १४ साउन । दाङ प्रहरीले लेनदेन मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ सातकुले निवासी ६४ बर्षीय होमबहादुर सार्की रहेका छन् ।

सार्कीलाई दाङ देउखुरी जिल्ला अदालतले गएको असार २५ गते लेनदेन मुद्धामा एक बर्षको कैद सजाय तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका सार्कीलाई बिहीबार दिउँसो १ बजे सातकुलेबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए । अहिले प्रहरीले सार्कीलाई जिल्ला अदालतमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे