LISTEN LIVE RADIO

दाङमा १८९ जना संक्रिय कोरोना संक्रमित, सबैभन्दा धेरै घोराहीमा, दुई पालिका कोरोना मुक्त



दाङमा १८९ जना संक्रिय कोरोना संक्रमित, सबैभन्दा धेरै घोराहीमा, दुई पालिका कोरोना मुक्त

देउखुरी टुडेकर्मी, भालुवाङ २२ असाेज । 

दाङमा १ सय ८९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । हिजो सोमबारसम्म १ हजार २ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएकोमा १ हजार ४१ जना निकोभएसँगै अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ८९ जना रहेका छन् । स्वस्थ्य कार्यालय दाङका अनुसार सोमबार मात्र दाङका २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वस्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार सोमबार १६ जना संक्रमित निको भएर घर फर्किएका थिए । अहिलेसम्म संक्रमित मध्ये धेरै पुरुषको संख्या रहेको छ । १ हजार २ सय ३२ मा संक्रमण पुष्टि भएकोमा ९ सय ६४ जना पुरुष रहेका छन् भने २ सय ६८ जना महिला रहेका छन् । संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ । जिल्लामा अहिलेसम्म १७ हजार ४ सय ३ जनाको स्वाब संकलन भएको छ ।

Image may contain: text that says "COVID-19 UPDATE 2077-6-19at 6.00 PM अहिले सम्मा क्वारेन्टाइनमा वसेको संख्या आज क्वारेन्टाइमा रहेको संख्या १३५३० ३० जम्मा स्वाव संकलन १७४०३ जम्मा संक्रमीत जम्मा निको भएका १२३२ १०४१ Death 3 १८९ ३ जम्मा सक्रिय केश हाल सम्म मृत्यु जम्मा सक्रमीत महिला जम्मा सक्रमीत पुरुष गत घण्टमा नयाँ संक्रमीत Active Case २६८ ९६४ 189 २८ Total Discharge 1041 १६ गत घण्टमा डिस्चार्ज भएको संख्या होम आइसोलेशनमा गत घण्टमा स्वाव संकलन १२८ १३४ Total Positive 1232 Total Swa 17403"

यसैबीच संक्रिय संक्रमित मध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा रहेका छन् । फोकल पर्सन चन्दका अनुसार १ सय ८९ जना सक्रिय कोरोना संक्रमित मध्ये घोराहीमा मात्र ६३ जना रहेका छन् । त्यसपछि लमही नगरपालिकामा ६१ जना, तुलसीपुर उपमहानगरपालिकामा ४५ जना, शान्तिनगर गाउँपालिकामा ११ जना रहेका छन् । त्यस्तै गढवा र बंगलाचुली गाउँपालिकामा एक/एक जना, राजपुर गाउँपालिकामा २ जना, राप्ती गाउँपालिकामा ५ जना छन् भने बबई र दंगीशरणमा गाउँपालिकामा संक्रिय संक्रमितको सख्ंया रहेका छैनन् ।

Image may contain: text that says "पालिका अनुसार विरामीको वर्गिकरण अध्यावधिक गरिएको २०७७।६।१९ गते साझ ६.०० वजे जम्मा संक्रमित ४९ निको भएको ४८ ४६० सक्रिय केस १ कैफियत ३९५ २४९ ६ર २०४ ९ ४५ ९ १६१ रमृत्यु KTM मृत्यु ४१ १६० ४१ ३० 。 पालिका गढवा घोराहि तुलसीपुर दंगिशरण वंगलाचुलि ववड़ राजपुर राप्ति लमहि शान्तिनगर ठेगाना नखुलेको जम्मा १२३२ काठमाडुमा मृत्यु भएको २८ ४९ २ ४४ ९७ ५ ३६ ८३ ६१ ७२ ११ ४ १०४१ १८९ ३ जना जम्मा संक्रमित संख्यामा समावेश गरिएको छैन"

त्यसैगरी अहिलेसम्म संक्रमित हुनेहरुमा उमेर अनुसार हेर्ने हो भने २० देखि ४० वर्ष उमेर समूहका मानिस धेरै रहेका छन् । स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले अध्यावधिक गरेको विवरण अनु्सार उक्त समूह भित्रका संक्रमित ७ सय ९२ जना रहेका छन् भने सबै भन्दा कम संक्रमित ५ वर्ष भन्दा कमका १३ जना रहेका छन् । त्यसपछि १० देखि २० वर्ष उमेर समूहका मानिस संक्रमित भएका छन् । उक्त समूहका दाङमा १ सय ९५ जना संक्रमित भएका छन् । ४० देखि ५० वर्ष उमेर समूह भित्र १ सय ३२ जना, ५० देखि ६० वर्ष उमेर समूहका ७२ जना, ६० वर्ष भन्दा माथि र ५ देखि १० वर्ष उमेर समूहका १४/१४ जना संक्रमित भएका छन् ।

Image may contain: text that says "उमेर अनुसार कोभिड १९ संकमितहरुको वर्गिकरण अध्यावधिक गरिएको २०७७ |६ ।१९ गते साझ ६.०० वजे 800 700 ७९२ 600 500 400 300 200 १९५ 100 13 0 १३२ ७२ ६०"

यस्तै पेशा अनुसार संक्रमण हुनेमा दाङमा कर्मचारी धेरै हरेका छन् । चन्दका अनुसार जिल्लामा ४३ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। त्यसपछि स्वास्थ्य कर्मी ४०, नेपाल आर्मी ३४, जनाप्रतिनिधि ७, नेपाल प्रहरी १, महिला स्वास्थ्य स्वयम् सेवीका २ र संचारकर्मी १ जना रहेका छन् ।

Image may contain: text that says "विभिन्न पेशा अनुसार कोभिड १९ विरामीहरुको वर्गिकरण अध्यावधिक गरिएको २०७७।६।१९ गते साझ ६.०० वजे १२०० १००० ८૦૦ ६०० ११०४ ४०० २०० ३४ ४३ ७ स्वास्थ्यकर्मि नेपालआमि कमेचारी जनप्रतिनिधि नेपाल प्रहरि म.स्वा.से से सचारकाम अन्य"

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे