विष्ट स्वास्थ्य पोलिक्लिनिकद्धारा फिजियोथेरापी र आँखा जाँच सेवा विस्तार



विष्ट स्वास्थ्य पोलिक्लिनिकद्धारा फिजियोथेरापी र आँखा जाँच सेवा विस्तार

सिसहनियाँ १३ फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको विष्ट स्वास्थ्य पोलिक्लिनिक सिसहनियाँले बिहिवार देखि फिजियोथेरापी र आँखा जाँच सेवा विस्तार गरेको छ ।

लम्बिनी प्रदेशको स्थायी राजधानीमै यस किसिमको सेवा दिने ठाउँ नभएकाले स्थानीयहरुकै माग अनुसार पोलिक्लिनिकका सञ्चालक तथा स्वास्थ्यकर्मी प्रकाश विष्टले आफ्नो ३९ औँ जन्म दिनको अवसर पारेर यी दुई सेवाहरु विस्तार गरेका हुन् ।

विगत १८ वर्ष देखि देउखुरी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिकले ती दुई सेवा विस्तार गरेको हो । जस मध्ये नमोबुद्ध फिजियोथेरापी एण्ड हियाबिलिटेशन सेन्टरबाट डा. रोशनकुमार विक र डा. कमला चौधरीले सेवा दिने बताइएको छ । अव प्यारालाइसिस, मुख बाङगो हुने, गर्धन, ढाँड, कम्मर तथा घुडाको हड्डी खिइएको तथा नशा च्यापिएको, घुँडा, काध, कुहिना लगायतका कुनै पनि जोर्नीको दुखाईको उपचार सेवा दिने बताइको छ ।

त्यस्तै हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने, काँध जाम हुने, माथि लैजान नमिल्ने, कुरकुच्चाको दुखाई, मांसपेसीको दुखाई, अप्रेसन वा प्लास्टर पछि जोर्नी जाम हुने÷चलाउन नमिल्ने समस्याको उपचार, खेलकुदको समस्यामा लाग्ने चोटको समस्याको उपचार, बाल अपागंता सम्बन्धी समस्याको उपचार, हाडजोर्नी तथा नशा सम्बन्धी सम्पुर्ण रोगको फिजियोथेरापी पद्धतीद्धारा उपचार सेवा दिने सञ्चालक तथा स्वास्थ्यकर्मी विष्टले जानकारी दिएका छन् ।

साथै पोलिक्लिनिकले आजैबाट आँखा सम्बन्धी सम्पुर्ण सेवा दिने पनि बताइएको छ । आँखा जाँचका लागि नेत्र सहायक गौरी शाहीले सेवा दिने बताइएको छ । यी दुवै सेवा प्रत्येक दिन विहान ९ बजे देखि बेलुका ५ बजे सम्म र इमरजेन्शी सेवा भने २४ सै घण्टा दिने सञ्चालक तथा स्वास्थ्यकर्मी विष्टले बताएका छन् ।

यसै बीच यी दुवै सेवाको सुभारम्भ स्वास्थ्यकर्मी विष्टकी ममतामय आमा धनादेवी विष्टले दिपप्रज्वलन गरी उद्घाटन गरेकी हुन् । सो कार्यक्रममा विष्टकी धर्मपत्नी मञ्जु विष्ट, बुहारी तथा ल्याव टेक्नीसियन कुन्ता पौडेल, डा. संदिप चौलागाई, गरिवु चौधरी, श्रीधर अधिकारी, रमेश गौतम लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे