LISTEN LIVE RADIO

गढवामा खोपको पालिका स्तरीय योजना तर्जुमा अभिमुखिकरण



गढवामा खोपको पालिका स्तरीय योजना तर्जुमा अभिमुखिकरण

गढवा २३ माघ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधवार पालिका स्तरीय खोप समन्वय समितिका लागि सुक्ष्म योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गढवा गाउँपालिकाका गोबरडिहा स्वास्थ्य चौकी, गढवा स्वास्थ्य चौकी, कोइलाबास स्वास्थ्य चौकी र गंगापरस्पुर स्वास्थ्य चौकी गरी चारवटै स्वास्थ्य संस्थाका प्रमुखहरुले आ–आफ्ना स्वास्थ्य चौकीमा भएको खोप प्रगति बिवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु, जनप्रतिनीधी र बिषयगत शाखाका प्रमुखहरु लगायत सरोकारवालाहरको उपस्थिति रहेको थियो । कार्यक्रममको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय दाङका सुपरवाइजर भानुज्योति ओली र गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे