जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई स्वास्थ्य बीमा सम्बन्धी अभिमुखीकरण



जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई स्वास्थ्य बीमा सम्बन्धी अभिमुखीकरण

शिबराज पन्थी, गढवा १७ माघ ।

नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले शनिवार गढवा गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगी र वडा अध्यक्षहरु, बिषयगत शाखाका कर्मचारीहरु र पालिकाभरका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत धनी, गरिब, वालक, युवा र जेष्ठ नागरिक सबैलाई समान किसीमको लगानी र समान योगदान हुने जानकारी गराइएको हो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य बिमा बोर्डका शेषराज दाहाल, बसन्त लामिछाने र गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक द्रौपदा सुवेदीले गरेका थिए । कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाका सबै वडाहरुमा वडा अध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य र स्वास्थ्य संस्थाको प्रमुख सदस्य सचिव रहेको एक समिति निर्माण हुने र सोही समितिले अभिकर्ता छनोट गरि स्वास्थ्य बिमाको कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे