दाङमा हात्तिपाईलेको जोखिम, २५ सय मध्य १५८ जनामा लक्षण



दाङमा हात्तिपाईलेको जोखिम, २५ सय मध्य १५८ जनामा लक्षण

घोराही ७ पुस । दाङमा दुई हजार ५ सय ४२ जनमा गरिएको स्वास्थ्य परिक्षणमा ६ दशमलब २२ प्रतिशतमा हात्तिपाईले रोगको लक्षण देखिएको  । स्वास्थ्य कार्यालय दाङले घोराही, तुलसीपुर, लमही, राप्ती र गढवाका ८ स्थानमा २ हजार ५ सय ४२ जनाको स्वास्थ्य जाँच गरिएको र एक सय ५८ अर्थात ६ दशमलब २२ प्रतिशत व्यक्तिमा लक्षण देखिएको हो ।

घोराही उपमहानगरपालिका २ रामपुरमा ३ सय ११ जनामा परिक्षण गर्दा १८ जना, घोराही १० नारायणपुरमा ३ सय ३३ जनामा परिक्षण गर्दा १२ जना र घोराही १६ बाहुनडाँडाका ३ सय ९ जनामा परिक्षण गर्दा ५ जनामा हात्तिपाईले रोगको लक्षण देखिएको स्वास्थ्य कार्यालयका फोलक पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका १० टरिगाउँका ३ सय ८ जनामा परिक्षण गर्दा ८ जनामा र तुलसीपुर १९ हाडिमेका ३ सय २२ जना मध्य ८ जनामा लक्षण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे