LISTEN LIVE RADIO

क्यान्सर पिडित सुनिल कुमाल मृत्यु सँग लड्दै, आशाका किरण संस्थाद्धारा खाद्यन्न सहयोग



क्यान्सर पिडित सुनिल कुमाल मृत्यु सँग लड्दै, आशाका किरण संस्थाद्धारा खाद्यन्न सहयोग

भालुवाङ ४ फागुन । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी सुकुम्बासी बस्ती निवासी ३३ वर्षिय क्यान्सर पिडित सुनिल कुमालको परिवारलाई एक संस्थाले खाद्यन्न सहयोग गरेको छ ।राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले शुक्रवार कुमालको घरमै पुगेर ५० केजी चामल, २ केजी दाल, १ पोका नुन, २ पोका तेल, १ पोका ठुलो सरफ, नुहाउने सावुन ३ पिस, कपडा धुने सावुन ३ पिस, चमनपरास १ पिस गरि ४ हजार ३ सय ४० रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो । संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा संस्थाका वरिष्ठ उपाध्यक्ष दिवस आचार्य, महासचिव लोकमणी भुसाल, सचिव थमन राना, सदस्यहरु लक्ष्मी पोख्रेल, ममता गिरी, गणेश आचार्य र प्रेस संयोजक ओमप्रकाश गुप्ताको टिमले कुमालको निवासमा पुगेर सो खाद्यन्न सहयोग गरेको हो ।शिक्षा, स्वास्थ्य तथा समाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले दुखी पिडितहरुलाई समेत बेला बेलामा सहयोग गर्दै आएको छ । करिव २ वर्ष अगाडी कुमालको गिजामा सानो घाउ भयो त्यही घाउ क्यान्सर बन्यो, उपचारको अभावमा अहिले उनको घाँटी, गाला र टाउँकोमा ठुलो घाउ छ । भने आँखा त्यही घाउँका कारण सुनिएर ढाकिएको छ । बोल्न समेत नसक्ने अवस्थामा रहेका कुमाललाई पाइपबाट खाना खुवाइने गरेको उनका श्रीमति मनुकुमारी कुमालले बताएकी छिन् । सुर्ती सेवन गर्दै आएका कुमाललाई त्यहि सुर्तीले क्यान्सर बनायो । हाल चितवन क्यान्सर अस्पतालमा अप्रेसन र औषधी उपचारमा १५÷१६ लाख बढी खर्च भइसकेको उनले बताएकी छिन् । उपचार गराउँदा गराउँदै भएको जग्गा जमिन बेचेर सकियो । ४ जनाको परिवारलाई पाल्ने भनेको श्रीमान् थिए अहिले रोगले ग्रस्त बनाएपछि मेरो श्रीमान् मृत्यु सँग लडिरहनु भएको छ उनले भनिन् । श्रीमान् थला परेपछि १४ वर्षिय छोरा ४ कक्षा पढ्दा पढ्दै बिचैमा पढाई छाडेको छ भने ५ वर्षिय छोरी कक्षा १ मा पढ्दै गरेपनि पढाउन नसकिने अवस्था आएको उनले बताइन् ।सम्पत्ती सकिएपछि अहिले कुमालको परिवार बिचल्लीमा पर्नुको साथै औषधी उपचार गराउने पैसा नभएर श्रीमान् मृत्यु सँग लडिरहनु परेको छ । घाउ सफा गर्ने र खाने औषधी समेत नभएपछि घाउ झन बढ्दै गएको छ । कुमालले राप्ती गाउँपालिकाबाट सहयोग पाए पनि अन्य ठाउँबाट सहयोग पाएका छैनन् । श्रीमान् बाँच्ने आस त छैन तर बाचुन्जेल औषधी उपचार गर्ने पैसा र साँझ विहानको छाँक टार्न खाद्यन्न चाहिएको पिडितकी श्रीमति मनुकुमारीले बताएकी छिन् । त्यसैले कुमालको जिवनरक्षाका लागि सहयोग गर्न चाहाने मानुभावले मनु कुमारीको मोबाइल नम्बर ९८१०९३३३१२ मा फोन गरेर वा उनको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.को खाता नम्बर ०६४००७००४६०७४५०००००१ मा सहयोग गर्न सक्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे