LISTEN LIVE RADIO

राप्तीमा निशुल्क आँखा शिविर, ३ दिनको अवधीमा ३ सय बढीको माेतीविन्दुको शल्यक्रिया



राप्तीमा निशुल्क आँखा शिविर, ३ दिनको अवधीमा ३ सय बढीको माेतीविन्दुको शल्यक्रिया

सिसहनियाँ ११ असोज । दाङको राप्ती गाउँपालिकामा असाेज ९ गते देखि सञ्चालित ३ दिने आँखा अप्रेसन शिविरमा ३ सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया गरिएको छ।

तिलगंगा आँखा अस्पताल काठमाडौंकाे शाखा कार्यालय तिलगंगा सर्जिकल आँखा केन्द्र राप्ती गाउँपालिका-५ सिसहनियाँकाे आयोजना तथा राप्ती गाउँपालिका दाङकाे समन्वयमा उक्त शिविर सञ्चालन भएको थियो ।

गत भदौ महिनाकाे २३ गतेदेखि असाेज ७ गते सम्म राप्ती गाउँपालिका दाङ सँगै गढवा, प्युठानकाे सरुमारानी, बाँकेको राप्ती साेनारी गाउँपालिकाका र अर्घाखाँचीकाे सितगंगा नगरपालिकाका विभिन्न २३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविर बाट छनाेट भएका ३ सय १७ जना माेतिया विन्दु भएका आँखाका बिरामीहरुकाे शिविरमा शल्यक्रिया गरिएको आँखा केन्द्र सिसहनियाँका इन्चार्ज बिमल बहादुर बिसीले जानकारी दिएका छन् ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका डाक्टर
श्याम व्यास नेतृत्वको पाँच जना डाक्टरहरुको टाेलीले बिरामीहरुकाे आँखाको अप्रेसन गरेकाे हाे। आँखा केन्द्र सिसहनियाँले गत वर्षको चैत्र महिनामा पनि ३ सय १४ जना माेतिया विन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया गरेको इन्चार्ज बिसीले बताए ।

यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखाका बिरामीहरुलाई घर आगनमै सेवा दिने उदेश्यले शिविर सञ्चालन गरेको बताए । त्यस्तै उनले निःशुल्क शिविरले जनतामा स्थानीय सरकार रहेकाे प्रत्याभूति समेत गराएको बताए ।पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले आँखा शिविरले नागरिकहरुकाे पैसा र समय दुबैकाे बचत भएकाे बताइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे