LISTEN LIVE RADIO

सिसहनियाँमा आत्महत्या रोकथामका लागि र्‍याली तथा अभिमुखिकरण कार्यक्रम



सिसहनियाँमा आत्महत्या रोकथामका लागि र्‍याली तथा अभिमुखिकरण कार्यक्रम

सिसहनियाँ २४ भदाै । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज सिसहनियाँ बजारमा प्ले कार्ड सहित सचेतना र्‍याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ दिवसको अवसर पारेर सचेतनामुलक र्‍याली निकालिएको हो ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा निकालिएको सचेतनामुलक र्‍यालीले सिसहनियाँ बजार परिक्रममा गरिएको हो । जीवन अमूल्य छ, सामाजिक जीवन जिऔँ, अति महत्त्वाकाङ्क्षा त्यागौँ, प्ले कार्ड सहित बजार परिक्रममा गरिएको थियो ।

र्‍याली पछि सिसहनियाँ स्वास्थ्य चाैकीमा आयोजित अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले मानसिक रूपमा कुनै समस्या भए, घरपरिवारका सदस्य माझ राखेमा समाधान हुने वा साथीहरू बीच आफ्नो पीडा साटासाट गर्न सके समस्या केही हल हुने बताएका छन् ।

त्यस्तै स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट पदम पाैडेलले पारिवारिक र सामाजिक जीवनशैली अपनाउन सके आत्महत्या न्यूनीकरण हुँदै जाने बताए । उनले नागरिकलाई मानसिक रूपमा स्वस्थ राख्न योग र नैतिक शिक्षामा विशेष जोड दिइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे