स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा प्रदेश र संघ सरकारले ध्यान दिनुपर्छ : अध्यक्ष विष्ट



स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा प्रदेश र संघ सरकारले ध्यान दिनुपर्छ : अध्यक्ष विष्ट

भालुवाङ ९ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा संघ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाले शनिवार गाउँपालिकाको कार्यालय मसुरियामा आयोजना गरेको जनस्वास्थ्य प्रवद्र्धन कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले राप्ती उपत्यका देउखुरीमा लुम्बिनी प्रदेशको राजधानी स्थापना भएको लामो समय बितिसक्दा पनि यस क्षेत्रको स्वास्थ्य र शिक्षामा खाँसै प्रगति हुन नसकेको बताउका छन् । स्थानीय सरकारले गर्नुपर्ने सम्पुर्ण काम गरेको जस्तो लागेपनि त्यसमा संघ र प्रदेश सरकारले खाँसै चासो नदेखाएका कारण पनि शिक्षा र स्वास्थ्य क्षेत्र पछि परेको बताएका छन् ।

अध्यक्ष विष्टले अझै पनि सामान्य प्रकृतिका बिरामीको गतिलो उपचार सेवा नहुँदा बाहिरा जिल्ला रिफर गर्नुपर्ने बाध्यता स्वास्थ्य संस्थाहरुको रहेकाले अव राजधानी क्षेत्रको शिक्षा र स्वास्थ्यमा संघ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बेला आएको बताएका छन् । सामाजिक विकास समितिका अध्यक्ष तथा प्रवक्ता पहलवान चौधरीको अध्यक्षतामा भएको गोष्ठिमा बोल्ने अन्य वक्क्ताहरुले राप्ती गाउँपालिका दाङ जिल्लाको १० वटै पालिका मध्ये लगातार २ वर्ष देखि स्वास्थ्य कार्यक्रममा प्रथम हुँदै आएकोले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको प्रगति तथा विकासका लागि स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वम्सेविकाहरुले मन, बचन र कर्मका साथ काम गर्नुपर्ने बताएका थिए ।

गोष्ठिमा नागरिक आरोग्य केन्द्र सहित १० वटा स्वास्थ्य संस्थाहरुले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै गोष्ठिकीमा २०४६ साल देखि हाल सम्म सेवा गर्दै आएका १० जना महिला स्वास्थ्य स्वम्सेविकाहरुलाई सम्मान, हात्ती पाइले रोग निवारण अन्तरगत हात्ती पाइले रोग विरुद्धको आम औषधी सेवन अभियानमा उत्कृष्ट काम गर्ने ६ जना स्वास्थ्यकर्मी र ९ जना महिला स्वास्थ्य स्वम्सेविकाहरुलाई प्रसंशापत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै गोष्ठिमा दादुरा रुवेला खोप अभियानमा उत्कृष्ट काम गर्ने ५ जना महिला स्वास्थ्य स्वम्सेविकाहरुलाई पुरस्कृत गर्ने, हात्ती पाइले रोग विरुद्धको आम औषधी सेवनमा फेसबुक, टिकटक मार्फत जनचेतना अधिवृद्धि गर्ने उत्कृष्ट ३÷३ जना स्वास्थ्यकर्मीहरुलाई नगद ५÷५ सय रुपैयाँ सहित पुरस्कृत र प्रमाण–पत्र प्रदान गरेको छ । त्यस्तै उत्कृष्ट काम गर्ने सिसहनियाँ स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, लालमटिया आधारभुत स्वास्थ्य केन्द्र, खुरुरीया आधारभुत स्वास्थ्य केन्द्र र मौरीघाट सामुदायिक स्वास्थ्य इकाईलाई उत्कृष्टतताको प्रमाण–पत्र सहित सम्मान गरिएको थियो ।

यसै बीच गोष्ठिमा फेरि भेटौला कार्यक्रम अन्तरगत लालमटिया स्वास्थ्य चौकी अर्थात हालको प्रस्तावित भालुवाङ अस्पतालमा कार्यरत डाक्टर तिलकबाबु घिमिरे र कार्यालय सहयोगी डम्बर बहादुर जिसीलाई बिदाई गरिएको थियो । सो अवसरमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पौडेल, स्वास्थ्य कार्यालय दाङका कार्यालय प्रमुख डम्बर कुवर, वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे