राप्तीमा फागुन ११ गते देखि हात्तीपाइले विरुद्धकाे औषधी खुवाइदै



भालुवाङ २८ माघ । राप्ती गाउँपालिकामा फागुन ११ गते देखि हात्तीपाईले रोग विरुद्वको औषधी खुवाइने भएको छ । राप्ती गाउँपालिकाले शनिवार राप्ती गाउँपालिकामा आयोजना गरेको हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान कार्यक्रम सञ्चालन सम्बन्धि स्थानीय तह स्तरीय योजना तथा बहुनिकाय गोष्ठीमा सो कुराको जानकारी गराइएको हो ।गोष्ठीमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षहरु पत्रकार र स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेको थियो । गाउँपालिकामा फागुन ११ गते पहिलाे दिन टोलको पाएक पर्ने स्थानमा औषधी खुवाउने, दोश्रो तथा तेश्रो दिन प्रत्येक घर दैलोमा नै स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरु भ्रमण गरि औषधी खान योग्य सबैलाई  खुवाउने, आफ्नै अगाडी प्रत्यक्ष निगरानीमा मात्र औषधी खुवाउने  राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका डेडिकेटेट सुपरभाइजर रामप्रसाद चुदाली र थानेश्वर बस्यालका अनुसार २ वर्ष भन्दा कम, सिकिस्त विरामी, गर्भवती महिला, सात दिने सुत्केरी र गम्भीर रोग लागेका व्यक्तिहरु सवैले ढुक्क भएर औषधी गर्न आग्रह गरेका छन् । गाउँपालिकाकाे ९ वटै वडामा औषधी खाने समूहले यसपाली सबैलाई औषधि खुवाउने योजना रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । विगतमा यस्ता कार्यक्रम मार्फत हात्तीपाईले रोग विरुद्धका औषधी पटक पटक खुवाउँदा जनताले नखाई दिदा पुनः अभियान सञ्चालन गर्नु परेको हो । यस वर्ष पनि स्वास्थ्यकर्मी र पालिकाकाे अगुवाइमा औषधी खुवाउने हुँदा कार्यक्रम उदेश्य अनुरुप सफल हुने अपेक्षा गरिएको छ । यस औषधि खोजी खोजी खान र खुवाउन अनुरोध समेत गरिएको छ ।

हात्तीपाईले (फाईलेरिया) रोग फैलनुबाट रोक्नु र विरामीको संख्यामा कमी ल्याउने उदेश्यले राप्ती गाउँपालिका स्वास्थ्य शाखाले राष्ट्रिय अभियान अन्तरगत राप्ती क्षेत्रमा हात्तीपाईले विरुद्ध औषधि खाने  अभियानलाइ वडा वडामा सचेतना कार्यक्रम सञ्चालन  गर्ने र सञ्चार माध्यमबाट समेत प्रचारप्रसारलाइ तिव्र बनाइने बताइएकाे छ ।  गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्टले हात्तीपाइले रोग निवारणका लागि औषधी सेवन महत्त्वपूर्ण रहेकाे बबताउँदै अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी र जनप्रतिनिधिको जिम्मेवारी रहेको बताएका छन् । साथै वडा अध्यक्षहरू समेत गम्भीर भएर  अभियानमा लाग्न अध्यक्ष विष्टले निर्देशन दिएका छन् । राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे