LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाकाे मसुरीयामा निशुल्क स्वास्थ्य शिविर, २ सय १० जना बिरामीकाे चेकजाँच



राप्ती गाउँपालिकाकाे मसुरीयामा निशुल्क स्वास्थ्य शिविर, २ सय १० जना बिरामीकाे चेकजाँच

भालुवाङ १६ पुस । दाङको राप्ती गाउँपालिका ३ मसुरीयामा १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सुवर्णा मेडिकल हल लालमटियाकाे आयोजनामा शनिबार एक कार्यक्रमका बिच निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

शिबिरमा २ सय १० जना बिरामीकाे निशुल्क स्वास्थ्य चेकजाँच गरि औषधी वितरण गरिएको मेडिकलका सञ्चालक कृष्णप्रसाद  पाेख्रेलले जानकारी  दिएका छन् । उनका अनुसार शिबिरमा ब्लड प्रेसर, सुगर, रुघाखाेकी, ज्वराे, दम, उच्च रक्तचाँप,  हाडजाेर्नीकाे समस्या, स्वासप्रवास र छाला लगाएतका समस्या भएकाहरुको निशुल्क चेकजाँच गरिएको थियो ।

स्वास्थ्य शिबिरमा डा. भरत पोख्रेल लगायतकाे टिमले स्वास्थ्य चेकजाँच गरेका थिए । मेडिकलका सञ्चालक कृष्णप्रसाद पोख्रेलको अध्यक्षता एवम् राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य चम्फा भुसालको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा डा. भरत पोख्रेल, वडा सचिव दामोदर पोख्रेल, स्वयंसेविका पम्फा अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन किरण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे