LISTEN LIVE RADIO

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीकाे ५ औं खेलकुद सप्ताह सम्पन्न



गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीकाे ५ औं खेलकुद सप्ताह सम्पन्न

लमही १६ पुस । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीकाे ५ औं खेलकुद सप्ताह कार्यक्रम शनिवार सम्पन्न भएकाे छ । गोरखा ग्रुप संचालक समितिका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता एवम् लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताह सम्पन्न भएकाे हाे ।खेलकुद सप्ताह समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि योगीले निजि विद्यालयसंग सहकार्य गरेर अगाडी बढ्न नगरपालिका तयार रहेको बताएकी छिन् ।

त्यस्तै उनले दक्ष जनशक्ति उत्पादन गर्नमा निजि विद्यालयहरुको पनि निकै महत्वपुर्ण भूमिका रहेको बताइन् । विद्यालयले लमहीमा पठनपाठन शुरु गरे देखि नै राम्रो नतिजा लिन सफल भएको भन्दै आगामी दिनमा पनि राम्रै गर्ने कुरामा आफु बिश्वस्त भएको बताइन् । पढाईका साथ साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिएको प्रति उनले खुशी व्यक्त गरिन् ।

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले हरेक वर्ष खेलकुद सप्ताह कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । यस पटकको खेलकुद सप्ताह कार्यक्रममा सैतिस वटा खेलहरु समावेश गरिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिए । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विभिन्न खेलका खेलाडीलाई विजेता खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लोकमान रिजालको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण शिक्षक प्रकाश ओली र शिक्षिका शिला रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे