जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज



जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज

काठमाडौं २ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन्। राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो ।

अध्यक्ष केसी पेटको दीर्घकालिन रोगले ग्रस्त भएसँगै निमोनिया र डायरियाबाट पीडित भएपछि अघिल्लो मंगलबार पाटनको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । उनलाई अस्पताल भर्ना भएको भोलीपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार सबै रिपोर्टहरु सामान्य आएपछि केसीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे