बालबालिकाको स्वास्थ्यमा ध्यान दिन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको आग्रह



बालबालिकाको स्वास्थ्यमा ध्यान दिन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको आग्रह

भालुवाङ ३१ भदाै । लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालकाे दाेस्राे प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । पूर्ण खोप समन्वय समितिले प्रदेशका १२ जिल्लामा ६६ हजार ४ सय ६४ बालबालिकालाई खोप लगाइएको विवरण सार्वजनिक गर्दै पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरिएकाे हो।

१६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई खोप लगाइएको सुनिश्चित गरेर प्रदेशलाई पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ। दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेश पूर्णखोप समन्वय समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेश पूर्णखोप समन्वय समितिले आयोजना गरेको लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका प्रदेश प्रमुख शेरचनले स्वास्थ्यकर्मीको मेहनत र खटाइले प्रदेशलाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताएका छन् ।

अहिलेको शिक्षा क्षेत्रमा सुधार हुन आवश्यक रहेको बताएका छन् । नेपालको शिक्षाले स्वास्थ्यमा कुन कुन वस्तुले असर गर्छ भन्ने कुरा पाठ्यक्रम आउन जरूरी रहेको पनि बताएका छन् । स्थानीय स्तरका नागरिकमा खोपका बारेमा उचित ज्ञान नहुँदा अहिले ५ वटा प्रदेशमा पुर्ण खोप सुनिश्चितता घोषणा हुन नसकेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले खोपको महत्त्व बुझाउन नसक्दा खोप घोषणामा समस्या भएको बताएका छन् । समुदाय स्तरमा खोपको विषयमा जानकारी नहुँदा बालबालिकाहरू कुपोषण हुने गरेको बताएका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पाल्पा स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरी, युनिसेफका केन्द्रीय प्रतिनिधि तारिकु बह्रममु लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश पूर्णखोप समन्वय समितिका सदस्य सचिव डा. विनोदकुमार गिरीले स्वागत गरेका थिए । कार्यक्रम पुर्ण खोप सुनिश्चितता घोषणामा महत्त्वपूर्ण योगदान पुर्याएका १२ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी लगायतकालाई प्रसंशापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे