LISTEN LIVE RADIO

लमहीमा ४० करोडको लगानीमा ट्रमा सेन्टर बनाउन टेण्डर आह्वान



लमहीमा ४० करोडको लगानीमा ट्रमा सेन्टर बनाउन टेण्डर आह्वान

ओमप्रकाश गुप्ता, लमही २४ कार्तिक ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन टेण्डर आह्वान गरिएको छ । लुम्बिनी प्रदेशका सांसद रेवतीरमण शर्माले प्रदेशका मुख्यमन्त्री एवम आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेल, सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्यहरु, शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देव लगायतलाई अनुरोध गरेर विभिन्न अवरोधहरुलाई पन्छ्याउँदै ट्रमा सेन्टर बन्ने सुनिश्चित भएको बताए ।


अप्ठ्यारो अवस्थाको अन्त्य गर्दै खुसी, उत्साह र सफलता प्राप्तीका लागि भुमिका खेल्ने राजनीतिक दल, विभिन्न संघ संस्था, जनप्रतिनिधि लगायत सबैलाई सांसद शर्माले धन्यवाद ज्ञापन गरेका छन् । देउखुरीवासीले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको अप्ठ्यारोको अन्त्य गर्न, विभिन्न दुर्घटनामा परेर मृत्युको मुखमा पुगेकालाई नयाँ जीवन दिन ट्रमा सेन्टरको आवश्यकता परेको हो ।

प्रदेशको स्थायी राजधानीको टुंगो लागेसंगै ट्रमा सेन्टरको महत्व झन बढेर गएको र यसले सिंगो प्रदेशका नागरिकलाई नयाँ जीवन दिनको लागि भूमिका खेल्ने बताइएको छ । ४० करोडको लागतमा बन्ने ट्रमा सेन्टरमा चार तल्लाको मुख्य भवन हुने छ । यसमा इमर्जेन्सी वार्ड देखि शल्यक्रिया कक्ष, बिरामी भर्ना गर्ने वार्डहरु हुने छन् । यसैगरी कर्मचारी क्वाटर, चिकित्सक क्वाटर, क्यान्टिन भवन समेत बन्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे