LISTEN LIVE RADIO

पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण पुष्टि



पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं २३ कार्तिक । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव विष्ट कोरोना संक्रमण भएपछि होम आइसोेलेसनमा बसेका छन् ।

महासचिव बिष्टले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छन् । उनले आफुलाई कोरोना संक्रमण पुष्टि भएकाले आफुँस‌ँग सम्पर्कमा रहेका सबैलाई सचेतना अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘महामारीको चपेटावाट वच्न सकिएन् । केहि दिनदेखी हल्का ज्वरो, खोकि र शरिर दुखे पछि गराएको पीसिआर रिपोर्ट पोजेटिभ आएको छ । अहिले घरमै आइसोलेसनमा बसेको छु । केहीदिन यता म सँग सम्पर्कमा आउनुभएका व्यक्तिहरुलाई परिक्षण र सर्तकता अपनाउन अनुरोध गर्दछु ।’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । संक्रमणको दर वृद्धि भएसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ । पछिल्लो समय ४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भइसकेकाे छ । अभियान पाेष्ट डटकम महासचिवलगायत सबै संक्रमितकाे स्वास्थ्य लाभकाे कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे