कोरोनाबाट तुलसीपुरमा थप एक जनाको मृत्यु



कोरोनाबाट तुलसीपुरमा थप एक जनाको मृत्यु

तुलसीपुर १८ कात्तिक । तुलसीपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी ५६ बर्षीय संक्रमितको गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारले दिएको जानकारी अनुसार केही दिन अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वासप्रश्वासमा समस्या, निमोनिया भएपछि उपचारकालागि कोहलपुर लगिएको अबस्थामा उनको मृत्यु भएको हो । यो संगै तुलसीपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे