LISTEN LIVE RADIO

पछिल्लाे २४ घण्टामा नेपालमा थप  २५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु, २२६४ जना डिस्चार्ज 



पछिल्लाे २४ घण्टामा नेपालमा थप  २५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु, २२६४ जना डिस्चार्ज 

काठमाडौं १५ कार्तिक । पछिल्लाे २४ घण्टामा नेपालमा थप  २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार २ सय ७९ नमुना परिक्षण गर्दा २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दाङमा ४६, प्यूठानमा ३,  इलाममा ४, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा १३, झापामा ७६, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा १३८, संखुवासभामा ३, सुनसरीमा ७६, सोलुखुम्बुमा १, धनुषामा १८, पर्सामा ५, बारामा २१, महोत्तरीमा ५, रौटहतमा २७, सप्तरीमा २०, सर्लाहीमा ७, सिरहामा ९, काठमाडौँमा १ हजार १ सय १३, काभ्रेमा ७४, चितवनमा १०९, दोलखामा २२ र धादिङमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नुवाकोटमा ३९, भक्तपुरमा ४९, मकवानपुरमा ५, रसुवामा ११, रामेछापमा ३, ललितपुरमा १९५, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा २, कास्कीमा १०९, गोरखामा ७, तनहुँमा २७, नवलपरासीपूर्वमा १०, पर्वतमा २, लमजुङमा ३, बागलुङमा १६, स्याङ्जामा ७, कपिलवस्तुमा ११, गुल्मीमा ३,  नवलपरासीमा १६, पाल्पामा  १,  बर्दियामा १७, बाँकेमा ३५, जाजरकोटमा १, डोल्पामा १, दैलेखमा ९, सल्यानमा १, सुर्खेतमा ३, अछाममा ६, कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा ३, डोटीमा ३, दार्चुलामा ५ तथा बझाङमा १४ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा मात्रै २४ घण्टामा थप  १ हजार ३ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३१ हजार २ सय २२  पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ भने २ हजार ४ सय १० जना क्वारेन्टिनमा छन्। मन्त्रालयका अनुसार हाल देशभर २ सय ९६ जना कोरोना संक्रमितको  आईसीयुमा र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे