LISTEN LIVE RADIO

लमही नगरपालिका क्षेत्रका बिद्यालयहरु मंसिर १ गते सम्मका लागि बन्द



लमही नगरपालिका क्षेत्रका बिद्यालयहरु मंसिर १ गते सम्मका लागि बन्द

श्रवण बस्नेत, कार्तिक १५ लमही । लमही नगरपालिका क्षेत्र भित्रका सबै बिद्यालयहरु मंसिर १ गते सम्मका लागि बन्द गरिएकोे छ । विद्यार्थीहरुको भौतिक उपस्थितीमा हुँदै आएको पठनपाठन पछिल्लो समय यता कोरोना महामारीको जोखिम झन बढिरहेको भन्दै मंसिर १ गते सम्मका लागि सबै बिद्यालयहरु बन्द गर्न लागेको शिक्षा युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।

शाखाले एक सुचना जारी गरि यस्तो जानकारी गराएको हो । यद्यपी बिद्यालयको पठनपाठन बन्द भएपनि प्रशासनिक कार्य गर्न र नगरपालिकाको सबै निर्देशनहरुको भने पालना गर्न सुचनामा भनिएको छ । यस अघि कार्तिक १५ गते सम्म बिजया दशमीको अबसरमा बिद्यालयहरु बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे