LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशको कोभिड १९ सम्बन्धी मिडिया व्रिफिङको जिम्मेवारी पौडेललाई



लुम्बिनी प्रदेशको कोभिड १९ सम्बन्धी मिडिया व्रिफिङको जिम्मेवारी पौडेललाई

भालुवाङ १३ कात्तिक।  प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले दैनिक रुपमा गर्ने गरेको कोभिड १९ सम्बन्धी व्रिफिङको जिम्मेवारी स्वास्थ्य महाशाखाका डा. पुष्पराज पौडेललाई दिएको छ । मन्त्रालयको स्वास्थ्य महाशाखाका एक अधिकारीलाइ बिहीबार कोरोना संक्रमण देखिएपछि डा. पौडेललाइ उक्त जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित अधिकारी बिहीवार साँझसम्म मन्त्रालयकै कोरोना रोकथाम र सूचना अपडेटको काममा खटिएका थिए । कोरोना पुष्टि भएपछि उनि शुक्रबार मन्त्रालयमा आएका छैनन् । उनी होम क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना संक्रमण देखिएपछि शुक्रवार मन्त्रालयका सामाजिक विकास मन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाव संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे