LISTEN LIVE RADIO

पछिल्लाे २४ घण्टामा नेपालमा २३६४ जनामा कोरोना पुष्टि, ३०३८ जना डिस्चार्ज, १७ जनाको मृत्यु



पछिल्लाे २४ घण्टामा नेपालमा २३६४ जनामा कोरोना पुष्टि, ३०३८ जना डिस्चार्ज, १७ जनाको मृत्यु

काठमाडौं १३ कार्तिक  । नेपालमा वितेको २४ घण्टानमा २ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै १० हजार ७६९ जनाको आरटीपीसीआर परीक्षण गर्दा २ हजार ३६४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।

यस्तै वितेको २४ घण्टामा ३ हजार ३८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किकाए छन् । यससँगै निको हुनेको कुल संख्या १ लाख २४ हजार ८६२ पुगेको छ। अब नेपालमा ३८ हजार ९५२ जना संक्रिय कोरोना संक्रमितको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । यसैगरी वितेको २४ घण्टामा नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे