राप्तीको ४ ओटा खोप केन्द्रबाट बुधवार ९२० जना विद्यार्थीहरुले मोडर्ना खोप लगाए



राप्तीको ४ ओटा खोप केन्द्रबाट बुधवार ९२० जना विद्यार्थीहरुले मोडर्ना खोप लगाए

भालुवाङ १९ माघ । देउखुरीको राप्ती गाउँपालिकामा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउने अभियान जारी रहेको छ । यसै क्रममा बुधवार ४ वटा खोप केन्द्रबाट छात्र ४५८ जना र छात्रा ४६२ जना गरी कुल ९२० जना विद्यार्थीहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएका छन् ।

जस अनुसार दुर्गाभवानी आधारभुत विद्यालय मसुरीया खोप केन्द्रमा १८० जना, मुनलाइट मावि लालमटिया खोप केन्द्रमा ३४९ जना, स्टार समिट बोडिङ स्कुल पहरुवा खोप केन्द्रमा १६५जना र शुभदपर्ण एकेडेमी बोडिङ स्कुल बड्का सिसहनियाँ खोप केन्द्रमा २२६ जना विद्यार्थीहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

१२ बर्ष देखि १७ बर्ष उमेर समूहका विद्यार्थी तथा किशोर किशोरीहरुलाई विद्यालयमै पुगेर कोरोना विरुद्धको मोडर्ना खोप दिन सुरु गरिएको हो । जिल्ला खोप समन्वय समिति दाङको निणर्य बमोजिम राप्ती गाउँपालिका क्षेत्रका २१ वटा विद्यालयमा खोप केन्द्र राखेर खोप लगाउन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे