लमही खानेपानीको निर्वाचनका लागि मनोनयन दर्ता



लमही खानेपानीको निर्वाचनका लागि मनोनयन दर्ता

लमही १९ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी तीन बर्षे नयाँ नेतृत्वको लागि बुधवार मनोनयन दर्ता गरिएको छ । दुवै प्यानलले तामझामका साथ मनोनयन दर्ता गराएको हो ।

स अन्र्तगत संयुक्त लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा जंगबहादुर चौधरी, उपाध्यक्षमा सितादेवी चौधरी, सचिबमा बसन्त आचार्य, कोषाध्यक्षमा बासुदेब गौतम, खुल्ला सदस्यमा जगनारायण चौधरी, किरण चौधरी, ज्ञानबहादुर बिक, महिला सदस्यमा सिता चौधरी र सिता खत्री पोख्रेलले उम्मेदवारी दर्ता गराएको निर्बाचन समितिका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिएका छन् ।

त्यसै गरि लोकतान्त्रिक प्रगतिशिल प्यानलको तर्फबाट अध्यक्षमा सनमकुमार पौडेल, उपाध्यक्षमा श्यामकला पोख्रेल भुसाल, सचिवमा दशरथ घिमिरे, कोषाध्यक्षमा देवमणी चौधरी, खुल्ला सदस्यमा बिमला डाँगी, सरस्वती पुन, धनमाया चौधरी, पप्पु डाँगी र श्रीधर पौडेल रहेका छन् ।
उम्मेदवारहरुलाई मनोनयनका लागि आज बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्मको समय तोकिएको थियो । शनिबार २२ गते सम्पन्न हुने लमही खानेपानीको निर्बाचनले आगामी तिन बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे