देउखुरीकाे लमहीमा होम आइसोलेसनमा बसेका काेराना संक्रमित पुरुषकाे मृत्यु



देउखुरीकाे लमहीमा होम आइसोलेसनमा बसेका काेराना संक्रमित पुरुषकाे मृत्यु

सन्तोषकुमार गुप्ता, देउखुरी ४ कार्तिक ।

देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

‘उहाँ कलेजो बिग्रिएर कमजोर नै हुनुहुन्थ्यो, आज बिहान देहान्त भयो,’ वडाध्यक्ष बिमबहादुर केसीले भने । वडाध्यक्ष केसीले शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे