LISTEN LIVE RADIO

अघाँखाचीको सातमारामा टिप्परको ठक्करबाट साइकलमा सवार छोरीको मृत्यु, बुवा घाइते



अघाँखाचीको सातमारामा टिप्परको ठक्करबाट साइकलमा सवार छोरीको मृत्यु, बुवा घाइते

ओमप्रकाश गुप्ता, भालुवाङ २ कार्तिक । भालुवाङ अघाँखाचीको सिमाना सितगंगा नगरपालिका वडा नम्बर ८ सातमारामा टिप्परको ठक्करबाट साइकलमा सवार छोरीको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत भालुवाङ देखि करिव ५ सय मिटर पुर्व सातमारा भन्ने ठाउँमा आइतवार दिउँसो १ बजेको समयमा भालुवाङ देखि बुटवल जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिप्परले पुर्वबाट पश्चिम तर्फ गइरहेको साइकललाई ठक्कर दिदा साइकलमा सवार गढवा गाउँपालिका वडा १ जुरौनी निवासी बुवा छोरी मध्ये अन्दाजी २५÷२६ वर्षकी छोरी जमुना मगरको लालमटिया स्वास्थ्य चौकी भालुवाङमा उपचारका क्रममा मृत्यु भएको छ ।

भने उनको बुवा ५८ वर्षिय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुमाललाई लालमटिया स्वास्थ्य चौकी भालुवाङमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् । ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा आइसकेको छ । भो शवलाई स्वास्थ्य चौकी भालुवाङमा रािखएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे