देशभर शनिबार थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, ८१७ जना संक्रमणमुक्त, ८ जनाको मृत्यु



देशभर शनिबार थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, ८१७ जना संक्रमणमुक्त, ८ जनाको मृत्यु

काठमाण्डाै ६ कार्तिक । देशभर शनिबार थप ५ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा ४ सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार पीसीआर र एन्टिजेन गरी ६ हजार ९ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख  हजार ५ सय ३४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९३ हजार नौ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै शनिबार नै ८ सय १७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ८६ हजार ६ सय ३० जना पुगेको छ । थप ८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । यो सहित ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ३ सय ४५ जना पुगेको छ । अहिले १० हजार ५ सय ५९ जना सक्रिय सङ्क्रमित रहेकामा २ सय ६८ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

शनिबार नै  ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६५ लाख ९८ हजार ५ सय ३० जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ८६ लाख ५ हजार ५५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे