लमही अस्पताल सहित लुम्बिनीका चार अस्पताललाई प्रदेश सरकारको मातहत लैजाने तयारी



लमही अस्पताल सहित लुम्बिनीका चार अस्पताललाई प्रदेश सरकारको मातहत लैजाने तयारी

लमही ४ कार्तिक । लमही अस्पताल सहित लुम्बिनीका चार अस्पताललाई प्रदेश सरकारको मातहत लैजाने तयारी थालिएकाे छ । बुधवार लमही अस्पतालको स्थलगत अनुगमन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले लमही अस्पताल सहित बर्दियाको चिसापानी, कपिलबस्तुको पिपरा र बहादुरगंजको अस्पताललाई प्रदेश सरकारको मातहतमा लगेर सुविधा सम्पन्न गराउने तयारिमा रहेको जानकारी दिएका छन् ।

पछिल्लो समय स्रोतसाधन र पूर्वाधार विकासको हिसाबले अस्पतालले राम्रो प्रगति नगरेको भन्दै, कोभिडको बेलासमेत अस्पतालले राम्रो सेवा प्रदान गर्न नसेकेको जनगुनासो स्थानीयबाट आएपछि लमही अस्पतालको स्थलगत अनुगमन तथा निरिक्षण गरेको स्वास्थ्य मन्त्री थारुले बताए । प्रदेश सरकार मातहत एक प्रदेशमा एक ठूलो अस्पताल बनाउने नीतिअनुसार प्रदेश मातहत लिन लागिएको मन्त्री थारुले बताए ।

यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अस्पतालको विकासको लागि आफु सधै सकारात्मक भएको बताए । मन्त्री थारुले अस्पतालको प्रयोगशाला, प्रसुती भवन, ईमर्जेन्सी तथा डर्स, फार्मेसी, विमा, सर्पदंश उपचार केन्द्र र एक्सरे कक्षको अनुगमन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे