नेपालमा थप ५ सय ९१ जनामा काेराेना पुष्टि, ९ सय ३७ जना निकाे



नेपालमा थप ५ सय ९१ जनामा काेराेना पुष्टि, ९ सय ३७ जना निकाे

काठमाण्डाै १ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख पाँच हजार पाँच सय ६० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३ हजार चार सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ सय ३७ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८२ हजार तीन सय ९३ पुगेको छ । यही थप नौ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ९३ पुगेको छ ।

अहिले ११ हजार आठ सय ७४ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ८० जनाको आईसीयू र ९९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे