दाङमा १ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा १ जनामा कोरोना संक्रमण पुष्टि

दाङ १ कात्तिक । दाङमा वितेको २४ घण्टामा ५ जनाको पिसिआर परिक्षण गर्दा एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा घोराहीकी एक महिलामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र घोराही दाङले जनाएको छ ।

यो संगै जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ९ हजार १७६ पुगेको केन्द्रले जनाएको छ । ती मध्ये आठ हजार नौँ सय २७ जना कोरोनाबाट मुक्त भएका छन् । वितेको २४ घण्टामा मात्रै १२ जना कोरोनाबाट मुक्त भएको केन्द्रले जानकारी दिएको छ । जसमा घोराहीका ३ जना पुरुष, तुलसीपुरका २ जना महिला र तिन पुरुष, गढवाका एक जना पुरुष र एक महिला र लमही तथा राप्तीका एक-एक जना पुरुष निको भएका छन् ।

जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ३३ रहेको छ । ती मध्ये २६ जना होमआईसोलेसनमा बसेका छन् । यस्तै ६ जना आईसियुमा र एक जना अस्पतालमा उपचाररत रहेको केन्द्रले बताएको छ । जिल्लामा अहिले सम्म २१६ जना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे