LISTEN LIVE RADIO

देशभर साेमबार थप १,८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,७४३ जना सङ्क्रमणमुक्त, २० जनाकाे मृत्यु



देशभर साेमबार थप १,८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,७४३ जना सङ्क्रमणमुक्त, २० जनाकाे मृत्यु

काठमाण्डाै २१ भदाै । देशभर साेमबार थप १ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गर्दा १ हजार ८ सय ९७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

साेमबार नै परीक्षण गरिएकामध्ये ११ दशमलव ८७ प्रतिशत नमुनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा ८ लाख ५६ हजार २ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप १ हजार ७ सय ४३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख २८ हजार ९ सय २८ पुगेको छ । यही अवधिमा थप २० जना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ८ सय ५८ पुगेको छ ।

अहिले ३० हजार ९ सय ७३ जना सक्रिय सङ्क्रमित रहेकामा ५ सय १२ जनाको आईसीयू र १ सय ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे