LISTEN LIVE RADIO

दाङमा ३३ हजार नागरिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप लगाउने तयारी



दाङमा ३३ हजार नागरिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप लगाउने तयारी

तुलसीपुर १४ साउन । दाङमा शुक्रबार र शनिबार अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप सबै पालिकाहरुबाट नागरिकहरुलाई दिईने भएको छ । दाङका १० वटै पालिकाहरुको ६८ वटा खोप केन्द्रबाट जोन्सन एण्ड जोन्सन खोप दिन लागेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गत शाहीले जानकारी दिए । दशवटै पालिकाहरुबाट ५० बर्ष देखि ५४ बर्ष ननाघेका २४ हजार नागरिकलाई खोप दिने तयारी रहेको प्रमुख शाहीले बताए ।

१५ र १६ गते दुई दिन सरकारले तोकेको लक्षित समुहका ५० देखि ५४ बर्ष ननाघेका नागरिकहरुलाइ खोप दिईने प्रमुख शाहीले बताए । त्यसैगरी १७, १८ र १९ गते अत्यावश्यक सेवाका नागरिक, विदेश जाने नागरिक, र क र ख बर्गका अपाङ्गता भएका ९ हजार नागरिकहरु सहित यो पटक करिव ३३ हजार नागरिकलाई जेनसन एण्ड जेनसन खोप लगाउने लक्ष्य रहेको प्रमुख शाहीले जानकारी दिए । त्यस बाहेक ईएमरजेन्सी खोप लगाउन पर्ने व्यक्तिहरुलाई पनि जेनसन खोप दिईने उनको भनाई छ ।

तुलसीपुरमा मात्रै ६ हजार बढिलाई जोन्सन

यसैविच तुलसीपुरमा शुक्रबार देखि जोन्सन एण्ड जोन्सन खोप लगाईने भएको छ । शुक्रबार र शनिबार तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडामा खोप लगाउने तयारी भएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए । अमेरीकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप १९ वटै वडाका ५० देखि ५४ बर्ष उमेर समुहका नागरिक, विदेश जाने नागरिक र अत्यावश्यक सेवाका नागरिकलाई खोप लगाईने तयारी रहेको केसीले बताए । पहिलो चरणमा जोन्सन एण्ड जोन्सन खोप तुलसीपुरमा ६ हजार ३ सय ८४ जनालाई लगाईने भएको छ ।

१९ वटै वडाको स्वास्थ्य सस्थामा खोप लगाउने विहान दश बजेदेखी बेलुकी पाँच बजेसम्म खोप लगाईने छ । खोप लगाउन आउने नागरिकले नागरिकता प्रमाणपत्र, विदेश जाने नागरिकले पासपोर्ट, भिसा अपलाई गरेको प्रमाण, सवारी चालक प्रमाणपत्र, र अत्य आवश्यक सेवाका नागरिकले स्थानिय सरकारको सिफारिस लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे